रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
नेपालखोज
२०७९ चैत १० गते ६:५४

काठमाडाैं । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । उनकाे ८६ वर्षकाे उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हाे । उनको आज दाहसंस्कार गरिने जनाइएको छ ।
उनले रेडियो नेपालको समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् । ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन् ।
सम्बन्धित
प्रतिक्रिया