वाग्मती प्रदेशशभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
नेपालखोज
२०७९ चैत १० गते ७:४७

हेटौंडा । वाग्मती प्रदेशशभाको बैठक आज बस्दै छ । यसअघि बुधबार विश्वासको मतका लागि तय गरिएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि स्थगित गरेर आजका लागि बोलाइएको थियो । बैठक दिउँसो १ बजे बस्नेछ ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले केन्द्रमा गठबन्धन फेरिएसँगै दोहोर्याएर विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरे पछि आपसी सहमतिमा बुधबार आजलाई डाकिएको हो ।
सम्बन्धित
प्रतिक्रिया