मंगलबार, वैशाख १८, २०८१

ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएकाे हो ?

नेपालखोज २०७९ चैत १० गते १५:४५

एजेन्सी । केही दिनदेखि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएकाे तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएकाे तस्बिरहरु सामाजिक सञ्जालमा व्याप्त भैरहेका छन् । केही दिनदेखि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएकाे तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएकाे तस्बिरहरु सामाजिक सञ्जालमा व्याप्त भैरहेका छन् ।

त्यस्तै नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उनलाई कारागारमा हालिएको तस्बिरहरु पनि सामाजिक सञ्जालमा फैलिएको छ । सञ्जालका विभिन्न माध्यममा ट्रप र पुटिनको भाइरल भएको अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ भएको हो । ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् ।

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् । मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउछन् । मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उनको तर्क छ ।

उनका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उनी बताउछन्। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया