लुम्बिनी प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने
नेपालखोज
२०७९ चैत १० गते १८:०७

काठमाडाैं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने भएकाे छ । संसदीय दलको शुक्रबार बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा सरकार पुनर्गठन हुँदा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र त्यसको पहल गर्ने निर्णय हाे । लुम्बिनी प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो । प्रदेशसभामा कांग्रेसका २७ सांसद् छन् ।
सम्बन्धित
प्रतिक्रिया