बुधबार, असार ४, २०८२

प्रतिनिधिसभा बैठक बस्दै

नेपालखोज २०७९ चैत १२ गते ६:५३

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ु माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले नै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया