शनिबार, असार ७, २०८२

२६ मार्च- ‘चिपको आन्दोलन’ को वार्षिकोत्सव

नेपालखोज २०७९ चैत १२ गते १२:०८

काठमाडाैं । चिपको आन्दोलनको पहिलो लडाई सन् १९७३ को शुरुमा उत्तराखण्डको चमोली जिल्लामा भएको थियो । यहाँ, भट्ट र दशोली ग्राम स्वराज्य मण्डल (DGSM) को नेतृत्वमा गाउँलेहरूले इलाहाबादको खेलकुद सामान कम्पनी साइमन्ड्सलाई रूखहरू काट्न दिएनन् । यो काम २४ अप्रिलमा भएको थियो । डिसेम्बरमा गाउँलेहरूले साइमन्ड्सका एजेन्टहरूलाई गोपेश्वरबाट करिब ६० किलोमिटर टाढा फाटा-रामपुर जङ्गलमा फेरि रुख काट्नबाट रोके।

चिपको एउटा हिन्दी शब्द हो जसको अर्थ हो टासिनु वा अङ्कमाल गर्नु । यसले उत्तर भारतका पहाडहरूमा जंगल बचाउने गरिब गाउँका ती महिलाहरूको छविलाई प्रस्तुत गर्छ, जसले रुखलाई ठेकेदारको बञ्चरो बनाेट जोगाउन रुखलाई अँगालो हाल्छन् , यसले उनिहरुको ज्यानसमेत जोखिममा पार्छ ।

चिपको आन्दोलनको बहुआयामिक पहिचानले यसलाई फरक-फरक अर्थ पनि दिएको छ । कसैका लागि यो गरिबहरूको असाधारण संरक्षण आन्दोलन हो, जबकि अरूहरूका लागि, यो पहिले औपनिवेशिक शक्तिद्वारा खोसिएको र त्यसपछि भारतको स्वतन्त्र सरकारले प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण गर्न खोज्दा स्थानीय जनताले गरेको आन्दोलन हो । अन्ततः यो वातावरण बचाउन खोज्ने महिलाहरूको आन्दोलनका रूपमा विकसित भयो ।

यो आन्दोलनले रुख काट्नु अघि हाम्रो शरीर काट्नु पर्छ भन्ने सन्देश बोकेको थियो । महिलाहरुको आन्दोलनका रुपमा यसले विश्वभरि इको-फेमिनिज्मलाई प्रेरित गर्‍यो।

टिहरी गढवालमा सुन्दरलाल बहुगुणाको नेतृत्वमा चिपको कार्यकर्ताहरूले यो आन्दोलन चलाएका थिए । १९७९ जनवरी ९ मा बहुगुणा जेल परेपछि जंगल बचाउने यो आन्दोलनले गति लिएको थियो । सुन्दरलाल बहुगुणालाई नै यो आन्दोलनको प्रणेता मानिन्छ ।

प्रतिक्रिया