लुम्बिनी सरकारबाट बाहिरियो माओवादी केन्द्र
नेपालखोज
२०७९ चैत १२ गते १३:०८

काठमाडौं । नेकपा एमालेको नेतृत्वमा लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले नेतृत्वको दाबी गरिरहेको छ । कांग्रेसले मुख्यमन्त्री गिरीलाई राजिनामाको दबाब समेत दिदै आएको स्रोतले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया