बुधबार, असार ४, २०८२

संसदमा प्रभु साहको आरोप- भन्सारमा लुट मच्चिरहेको छ

नेपालखोज २०७९ चैत १२ गते १३:५८

काठमाडाैं |  भन्सार छली नियन्त्रणको नाममा लुट मच्चिएको सांसद प्रभु साहले बताएका छन् । संघीय संसदको आजको बैठकमा साहले जसका कारण सामान्य जनजीवन प्रभावित भएको बताए ।

‘नुनतेल र गाईवस्तु हेर्न नहुने। सरकारले खाद दिन सकेको छैन। इन्डियामा नेपालभन्दा अनुदान छ । नेपालमा नभएपछि इन्डियाबाट ल्याउँछन् मानिसले । तर यहाँ लुट मच्चिएको छ।’ साहले भने ।

उनले सोधे, ‘कसका लागि ४५ प्रतिशतको नियमावली बनाइएको हो ? लाखौँ नागरिकता नपाउने छन्। तर यो १० प्रतिशत नियमावली संशोधन गरेर लुट्नेलाई के भन्ने ? कानुनको कभरबाट बर्दीधारीले लुटिरहेका छन् । अर्थभ्रष्ट नीति सुधार होस् भन्ने चाहन्छौँ ।’

भन्सारको राजश्व जम्मा गर्न नभएको र त्यो लुट मच्चिएको उनले बताए । ‘भन्सार ऐनमा पुरस्कार दिइएको छ। ४५ प्रतिशत भन्सारको नाममा लुट मच्चिरहेको छ । १० वर्षयता १० पटक नियमावली संशोधन भएको छ । एक करोडको माल समातियो भने नेपाल प्रहरीले ४५ प्रतिशत पुरस्कार दिइएको छ । ४५ प्रतिशत लुटको चक्करमा जनतालाई लुटिएको छ,’ साहले भने ।

प्रतिक्रिया