बुधबार, असार ४, २०८२

शून्य समयमा उठेको प्रश्नकाे जवाफ सरकारले दिएन- सन्तोष परियार

नेपालखोज २०७९ चैत १२ गते १४:०६

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले शून्य समयमा उठेको विषयमा जवाफ दिन माग गरेका छन्।

शून्य समयमा बोल्दै उनले भने सरकारले उठेका धेरै विषयको जवाफ दिएको छैन। त्यो जवाफको पनि माग गर्छु।’ आर्थिक संकटको कारणले कुनै विकास निर्माणको काम अघि बढ्न नसकेको बताएका छन् ।

उनले भने, ‘अहिले देश आर्थिक संकटमा परिरहेको छ। कैयौँ विकासका आयोजनाहरू सुचारु भएको देखिँदैन। स्थानीय तह र संघीय सरकारको समन्वय पनि देखिँदैन। विकासका कामहरूलाई सरकारले अहिले ल्याइरहेको विधेयकमार्फत अनुगमन राम्रोसँग गरेर यथार्थ विवरण पेश गर्ने हो कि ?’

प्रतिक्रिया