आइतबार, असार ८, २०८२

सन्दीपमाथि आरोप लगाउने किशोरीलाई अन्तरिम राहत दिन अदालतको अस्वीकार

नेपालखोज २०७९ चैत १२ गते १६:५३

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिनु नपर्ने ठहर गरिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने भनिएको छ ।

आदेशमा भनिएको छ, ‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’

त्यसअघि पीडितलाई तत्काल राहत आवश्यक रहेको भन्दै सरकारी पक्षले निवेदन दिएको थियो । जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका सन्दीपलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

अन्तिम सुनुवाइका लागि जिल्ला अदालतमा सोमबार पेशी तोकिएको छ ।

प्रतिक्रिया