सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितले गरे नाराबाजी
नेपालखोज
२०७९ चैत १४ गते १२:०१

काठमाडौं । माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नाराबाजी गरेका छन् ।
पीडितहरुले राजवादी र सामान्तवादी रहेको भन्दै शाहीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।
बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु धर्ना बसेकाो ठउँमा शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए ।
ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।
सम्बन्धित
प्रतिक्रिया