बुधबार, असार ४, २०८२

महानगरले ठाउँ खाली गर्ने निर्देशन दिएपछि भूमिहीन सुकुम्बासीले गरे प्रदर्शन

नेपालखोज २०७९ चैत १४ गते १३:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खालि गर्न निर्देशन दिएपछि भूमिहीन सुकुम्बासीहरुले आज (मंगलबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

महानगरले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर सुकुम्बासीहरुले प्रदर्शन गरेका हुन् । सुकुम्बासीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया