बुधबार, असार ४, २०८२

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने, यस्तो छ कार्यसूची

नेपालखोज २०७९ चैत १५ गते ८:३६

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसद्मा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया