बुधबार, असार ४, २०८२

बालुवाटार बैठक निष्कर्षविहीन, दिउँसो ३ बजे फेरि बस्ने

नेपालखोज २०७९ चैत १५ गते १२:०७

काठमाडौं । दश दलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष नै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक बिनानिष्कर्ष टुंगिएपछि आजै ३ बजेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा आज दुबै विषयमा सहमति जुटाउने र भोली मन्त्रिपरिषद विस्तार गरी सरकारका न्युनतम साझा कार्यक्रल सार्वजनिक गर्ने विषय सहमति नजिक पुगेको कांग्रेस नेता रमेश लेखकले बताए । उनले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तारको कुरा आज ३ बजे बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए ।

मन्त्रिपरिषदले आजै टुंगो लगाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो । साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।

प्रतिक्रिया