बुधबार, असार ४, २०८२

पूर्वमन्त्री कुशवाह माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश, बारा २ मा उम्मेदवार बन्ने

नेपालखोज २०७९ चैत १५ गते १२:४६

काठमाडौं । पूर्वमन्त्री शिवचन्द्र कुशवाह नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका छन् ।

गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनेर करिब ३ सय मत अन्तरले जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गरे ।

रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ ।

प्रतिक्रिया