प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई अबिलम्ब भेट्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याज पीडितलाई अबिलम्ब भेट्नुपर्ने बताएका छन् । न्यायको याचना गर्दै १३ दिन पैदल हिँडेर काठमाडौं आएका पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलाइ गर्दा उनीहरुको मनोबल कमजोर बन्ने उनले बताए ।
बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘हिजो हात जोडेर घरघरमा पुगेर भेट्थ्यौं । आज पैदल हिँडेर आएकालाई भेट दिन ढिला गर्नु हुदैन् । प्रधानमन्त्रीले अबिलम्ब भेट दिनुपर्छ । त्यसले उहाँहरुले उठाएको मुद्धा सम्बोधनको प्रक्रिया सुरु हुन्छ ।’
महामन्त्री शर्माले सरकारले तराइका जिल्लामा देखिएको मिटरब्याजीको लुटलाई नियन्त्रण गर्नका लागि संसदबाट कानुन निर्माणको प्रक्रिया थाल्नु पर्ने र मिटरब्याजी पीडितले न्याय पाउने गरि सरकारले ल्याएको कानुनलाई पास गर्न सांसदहरु प्रतिबद्ध भएको समेत बताए ।
प्रतिक्रिया