नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने
नेपालखोज
२०७९ चैत १७ गते १२:२२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सरकारमा सहभागी बन्ने भएकी छिन् ।
नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । अध्यक्ष रञ्जिताले सोही मन्त्रालय सम्हाल्नेछिन् ।
सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो ।
यसअघि पनि सरकारलाई विश्वासको मत दिएको नाउपाले जेल जीवन विताइरहेका रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने अडान राख्दै आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया