शेखर समूहको निर्णय सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने
नेपालखोज
२०७९ चैत १७ गते १२:२६

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ ।
डा. कोइराला र उनको समूहका पदाधिकारीहरुको शुक्रबार बिहान बसेको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया