मंगलबार, असार ३, २०८२

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा

नेपालखोज २०७९ चैत १७ गते १४:५४

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । पुस ११ गते जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिए ।

एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने जनमत पार्टीको माग रहेको थियाे ।

प्रतिक्रिया