मंगलबार, असार ३, २०८२

एमालेको सचिवालय बैठक बस्दै

नेपालखोज २०७९ चैत १८ गते ११:०५

काठमाडौं । उप–चुनावको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक साढे १२ बजे पार्टी मूख्य कार्यालय च्यासलमा बस्नेछ ।

चितवन– २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ –१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको भएपनि सचिवालय बैठकले आधिकारिक निर्णय लिनेछ ।

बारा – २ मा उठाउने उम्मेदवारको पनि बैठकले टुंगो लगाउने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उप–चुनाव बैशाख १० गते हुँदैछ ।

प्रतिक्रिया