‘यो देशमा म घाँडो भएको हो भने मारिदिए भैगो नि’

काठमाडौं । चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापत रवि लामिछानेले आज आफ्नो मनोनयन दर्ता गरेका छन् । उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
सञ्चारकर्मीहरुले तहाँ अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित प्रश्न गरेपछि रविले आफ्नो प्रष्टीकरण मात्रै दिएनन्, आक्रोश र दिक्दारी पनि व्यक्त गरे । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको उनले बताए । तर, अनाहकमा दुस्ख दिन खोजिएकोप्रति खेद व्यक्त गरे ।
लामिछानेले भने, ‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने‘ यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि‘अरू त‘
प्रतिक्रिया