सोमबार, असार २, २०८२

अबको ५ बर्ष कांग्रेस, माओवादी र समाजवादीले जिम्मा लियो : गगन थापा

नेपालखोज २०७९ चैत २० गते १४:२७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको ५ बर्ष कांग्रेस, माओवादी र समाजवादीले जिम्मा लिएको बताएका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचन लक्षित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको जिम्मा लिएको दलहरुले परिणाम निकाल्ने गरि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘गठबन्धनले सरकार सञ्चालन गरिरहेको छ । यो हाम्रो परीक्षा पनि हो । जनतालाई परिणाम दिन सकिएन भने अर्को निर्वाचनमा मतदाताले दिने सजाय भोग्न तयार हुनुपर्छ ।’

तनहुँ १ का मतदाताले चुनेर पठाएको सांसद राष्ट्रपति बनेपछि रिक्त भएको ठाउँमा उपनिर्वाचन भएकाले गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे ।

महामन्त्री थापालाई पार्टीले निर्वाचनको माहौल निर्माणमा पार्टीले खटाएको छ । तनहुँ १ मा नेकपा एमालेले सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । चितवन २ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मा खटिएका छन् ।

प्रतिक्रिया