जीतनारायणले भने, ‘जनताको सेवक भएर मर्न चाहन्छु’
नेपालखोज
२०७९ चैत २० गते १५:३७

काठमाडौं । चितवन २ मा बाम–लोकतान्त्रिक गठनबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठले जनताको सेवक बन्नका लागि निर्वाचनमा होमिएको बताएका छन् । उनले जनताको सेवक बन्नका लागि हात फिँजाएको बताए ।
चितवनमा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार श्रेष्ठले चितवन उपनिर्वाचनको प्रयोगशाला नभएको बताए । रवि लामिछानेलाई इंगित गर्दै उनले ‘चितवन पर्यटकीय क्षेत्र हो । पर्यटक बनेर आएकालाई स्वागत गर्यो भन्दैमा बास बसेको घर मैरै हो भन्न थाले लखेट्न हामीलाई पनि आउँछ ।’
आफू निर्वाचित भए जनताको साझा प्रतिनिधि भएर काम गर्ने श्रेष्ठको भनाइ छ । सभापछि उनले मनोनयन दर्ता समेत गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया