सोमबार, असार २, २०८२

वाग्लेले गरे मनोनयन दर्ता

नेपालखोज २०७९ चैत २० गते १५:४५

तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।

तनहुँमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया