शनिबार, असार २१, २०८२

दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

नेपालखोज २०७७ जेठ ११ गते १३:३६

दाङ । दाङको देउखुरीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९– तेलिया निवासी धनबहादुर कुमालकी ९ वर्षीया छोरी रेश्मा कुमालको मृत्यु भएको हो ।

शनिबार अपराह्न चार बजे आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो ।

सर्पले टोकेको थाह पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउने तर्फ लागे तर धामीझाँक्री आउँदासम्म उनको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया