सोमबार, असार २, २०८२

मेयर हर्क र बालेनबीच भेट

नेपालखोज २०७९ चैत २१ गते १६:३७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

मंगलबार मेयर साम्पाङ र शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयले जनाएको छ ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो । उनीहरूले एकअर्कालाई ’सिलाम साक्मा’ लगाइदिएका थिए ।

यसअघि मेयर साङपाङले प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोक कुमार राईलाई भेटेका थिए ।

प्रतिक्रिया