पहाडी भेगमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
नेपालखोज
२०७९ चैत २२ गते ६:०४

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया