शनिबार, असार २१, २०८२

भारतबाट नेपाल आउँदै गरेका युवकको बाटोमै मृत्यु

नेपालखोज २०७७ जेठ ११ गते १४:३८

अर्घाखाँची । भारतको गुजरातबाट अर्घाखाँची फर्कँदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेकोे नेपाल आउने क्रममा भारतको लखनउमा मृत्युु भएको वडा नं। ९ का अध्यक्ष नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।

लखनउमा पानी पिएलगत्तै उनको मृत्युु भएको मृतकका साथीहरुले बताएका छन् । मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए ।

उनको शव कृष्णनगर सीमाको भारततर्फको बढनीमा रहेको बताइएको छ । उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको छ ।

दुईवटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया