अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘नो कमेन्ट’

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएपछि देशका वर्तमान राष्ट्रपति जो बाइडेनको प्रतिक्रियामा सबैको नजर छ । यद्यपि, जब बाइडेनलाई ट्रम्प विरुद्धको आरोपका बारेमा सोधियो, उनले जवाफ दिए, ‘नो कमेन्ट’ ।
वास्तवमा, राष्ट्रपति बाइडेन आर्टिफिसियल इन्टेलिजेन्सका खतराहरूबारे सल्लाहकार परिषद्को बैठक गरिरहेका थिए। यस क्रममा मिडियाबाट ट्रम्पसँग सम्बन्धित प्रश्नको ओहिरो लाग्यो । यद्यपि बाइडेनले त्यस मध्ये कुनै पनि प्रश्नको जवाफ दिएनन् ।
यता ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेले पछि पत्रकारहरूलाई भने, ‘यो मुद्दा हाल अदालतमा बिचाराधिन छ, त्यसैले हामी यस बिषयमा कुनै टिप्पणी गर्दैनौं । राष्ट्रपतिले आफ्नो ध्यान अमेरिकी जनतामा केन्द्रित गरिरहेका छन् जुन उनले हरेक दिन गर्दै आएका छन् । उनका लागि यो महत्त्वपूर्ण मुद्दा ( ट्रम्पको मुद्दा ) होइन ।’
प्रतिक्रिया