रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ जारी
नेपालखोज
२०७९ चैत २२ गते १५:४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा सुनुवाइ जारी छ ।
सिन्धुलीका युवराज पौडेलले यही सोमबार दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भइरहेको हो ।
न्यायाधीश फुयालले निवेदनका लागि ४५ मिनेट र प्रतिवादीकातर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता सुनिल पोखरेललाई १५ मिनेट तोकिएको छ ।
रिटको पक्षमा सुरुवाती बहस अधिवक्ता राधिका खतिवडाले थालेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया