सोमबार, असार २, २०८२

ओली भन्छन् – उपनिर्वाचनमा एजेण्डा केन्द्रीत बहस गरौँ

नेपालखोज २०७९ चैत २३ गते १२:००

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने दिन विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपनिर्वाचन युवामय भएकाले व्यक्तिगत गालीगलौजमा नउत्रन आग्रह गरेका हुन् ।

उनले धेरैजसो उम्मेद्वारहरू नयाँ र युवा देखिनु खुसीको विषय भएको बताउँदै राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बहस आवश्यक रहेको बताए ।

भनेका छन्, ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन ।’

प्रतिक्रिया