सोमबार, असार २, २०८२

न्यूनतम साझा कार्यक्रममा जुट्याे सहमति

नेपालखोज २०७९ चैत २३ गते १२:४५

काठमाडौं । सत्ता गठबन्धनको आज बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटेको छ । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

आज साँझ ५ बजे सार्वजनिक गरिने सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

सरकारको न्युनतम साझा कार्यक्रममा आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै जनजीविका, कृषि, पर्यटन र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए ।

यसअघि एमालेसहित ७ दलहरुको गठबन्धनमा बनेको सरकारका पाला पनि न्यूनतम साझा कार्याक्रम ल्याइएको थियो । तर गठबन्धन भत्किएपछि उक्त कार्यक्रम अलपत्र परेको छ । अहिले एमालेबाहेक कांग्रेससहित ८ दलीय गठबन्धनमा अधिकांश पुरानौ कार्यक्रमका बुँदा समेटिएको बताइएको छ ।

प्रतिक्रिया