प्रतिनिधिसभा: ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति
नेपालखोज
२०७९ चैत २३ गते १४:२९

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डले संसदको आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएका हुन् ।
शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताएका थिए । उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’
सम्बन्धित
प्रतिक्रिया