रवि लामिछानेको राहदानीमा मुद्दा नचल्ने निर्णय विधिसम्मत भएको पोखरेलको स्पष्टोक्ति

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय दबावमा नगरेको स्पष्ट पारेका छन् ।
आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले लामिछानेको मुद्दा कसैको दबाब नभइ विधिसम्मत र प्रक्रियागत रुपमा नै टुंगिएको दाबी गरे ।
उनले छानबिन प्रक्रियागत तवरबाटै टुंगिएको र राजनीतिक सौदावाजी र दबाबमा निर्णय नभएको बताउ । कतिपयलाई महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लागेको हुनसक्ने भन्दै आफूले विधि र प्रक्रियाअनुरुप नै निर्णय गरेको बताए ।
अमेरिकी राहदानी कायमै रहेका बेला लामिछानेले नेपालमा रहँदा नेपाली नागरिकता प्रयोग गरेर नेपाली राहदानी बनाएर राहदानी दूरपयोग गरेको विषयमा काठमाडौं प्रहरीले एक महिनाभन्दा बढी समय लिएर अनुसन्धान सकेर मुद्दा चलाउन नपर्ने निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । सोही आधारमा वकिलको कार्यालयले महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो ।
याे निर्णयविरुद्ध सिन्धुलीका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गराएका थिए । रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलले मुद्दा नचलाउनुको कारण पेस गर्न महान्यायाधिवक्ताको कार्यालयलगायत ८ विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । रिटको अन्तिम टुंगो लाग्न बाँकी नै छ ।
प्रतिक्रिया