अर्थमन्त्रीलाई एडिबीको बैठकमा भाग लिन स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
यही चैत २८ गते बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ९ देखि १२ गतेसम्म मङ्गोलियामा आयोजना हुने एसियाली उत्पादकत्व सङ्गठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव उद्योगुलाई स्वीकृति दिने निर्णय गरेको हो ।
यसैगरी बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठनु आदेश, २०७५ को अनुसूची संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले आगामी वैशाख १३ देखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाललाई सहभागी हुन स्वीकृति दिएको छ ।
बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने, प्रशोधित फोहोर पानी उत्सर्जनसम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ ।
प्रतिक्रिया