सोमबार, वैशाख १५, २०८२

कन्या राशिका लागि वर्ष – २०८०

नेपालखोज २०८० वैशाख २ गते ७:३३

कन्या राशि हुनेहरूका लागि वर्ष २०८० अनुकुल रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ भने आर्थिक पक्ष सुदृढ रहनेछ । गुरु, राहु तथा केतुका कारणले दुख – कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता बढने तथा इज्जत – प्रतिष्ठामा आँच आउने हुनसक्छ ।

यद्यपि राम्रो कर्म गरे अवश्य शुभ फल पाइनेछ । मंसिर महिना देखि समय अनुकुल हुँदै शुभ फल मिल्ने अनि आकस्मिक लाभ प्राप्त गर्न सकिने योग छ । सन्तान सुख प्राप्त हुनेछ भने घरमा शुभकार्य पनि सम्पन्न हुनेछ । धार्मिक यात्राको योग समेत देखिन्छ ।

व्यापार – व्यवसाय : यो वर्ष धन लाभको योग छ । यद्यपि सामान हराउने वा पैशा फस्ने संभावना पनि छ । कृषि , सेयर , घरजग्गा, शिक्षा तथा पर्यटन क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु तथा खाद्यान्नमा गरिएको लगानीबाट त्यति राम्रो प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, भाद्र, मंसिर तथा फागुन महिना शुभ रहनेछन ।

प्रेम – सम्बन्ध : बृहस्पति, राहु र केतुका कारणले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद तथा विश्वासमा कमी देखा पर्नसक्छ । रुपैयाँ – पैसाका कारणले नजिकका व्यक्तिहरुबाट टाढिनु पर्ला । वर्षको सुरुमा प्रेम सम्बन्ध सुमधुर भएपनि मङ्सिर पछि खटपट सृजना हुनसक्छ । जन्म कुण्डलीमा गुरु, राहु र केतुको अवस्था ठीक भए सन्तानको रहर गर्नेहरूले सुखद खबर प्राप्त गर्नेछन् ।

शिक्षा : यो वर्ष अध्ययन – अध्यापनको क्षेत्र सामान्य रहनेछ । बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो होला । विद्यार्थीहरूले भनेजस्तो परिणाम हासिल गर्न थप परिश्रम गर्नुपर्नेछ । शोध तथा प्राविधिक क्षेत्रका विद्यार्थीहरूले भने विशेष सफलता हात पार्न सक्छन् । अध्ययनको सिलसिलामा विदेश जानेहरुले भने राम्रो सफलता पाउनेछन् ।

करियर : आफ्नो पेशा वा रोजगारिमा अनावश्यक अपजस आईलाग्न सक्छ । मेहनत अनुसारको फल प्राप्त हुनेछ । नयाँ लगानी, जागिर वा रोजगारिले खासै प्रतिफल नदेला । गुरु, राहु र केतुका कारणले विद्या एवं बुद्धिमा केही कमजोरी देखापर्न सक्छ । वैदेशिक रोजगारिमा रहेकाहरूले भने सफलता हात पार्नेछन । जागिरेहरुको सरुवा – बढुवाको प्रबल सम्भावना छ ।

स्वास्थ्य : चोटपटकको भय छ । अतः सवारीसाधन चलाउँदा बिशेष सावधानी अपनाउनु होला । पेट तथा टाउकाको समस्याले सताउन सक्छ । घर परिवारको औषध उपचार खर्च बढ्नेछ । ग्यास्टिकले दुख दिने भएकाले आहार विहारमा बढी सतर्कता अपनाउनु होला ।

शुभ रङ्ग तथा अङ्क : सिंह राशि हुनेहरुका लागि निलो, रातो, पहेँलो, खैरो तथा हरियो रङ्ग शुभ रङ्ग मानिन्छ । यसैगरि २, ३, ६, ७ तथा ९ शुभ अङ्क हो ।

सुझाव : प्रत्येक सोमबार शिव भगवानको दर्शन, पूजा, जप, पाठ तथा उपासना गर्नाले ग्रहपीडा कम भै भाग्य वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता हात पर्नेछ । गुरु, राहु र केतुको ग्रह शान्ति गराउनु उपयुक्त हुन्छ भने वर पिपल वा अन्य वनस्पतिको वृक्षारोपणले पनि ग्रहबाधा कम गराउनेछ ।

भाग्यमा चोट लाग्न सक्छ, अतः सवारीसाधन चलाउँदा सावधानी अपनाउनु पर्नेछ । पेट, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ र घर परिवारको औषध उपचारमा पनि खर्च बढ्नेछ । आहार विहारमा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।

प्रतिक्रिया