रुकुम हत्याकाण्डका दोषीलाई कारबाहीको गर्न कर्णालीका मुख्यमन्त्रीको निर्देशन
सिमकोट । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले रुकुम हत्या काण्डका दोषीलाई कारवाहीको दायारामा ल्याउन निर्देशन दिएका छन्। मंगलबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सो कुरा जनाएका हुन।
मुख्यमन्त्री शाहीले अहिलेको समयमा पनि जातिय भेदभावले ब्यक्तिको हत्या हुन दुखद घटना भएको र सो घटनाका समबन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरि अध्ययन सुरु गरेको र घटनाका सम्बन्धमा प्रदेश सरकारले पनि सत्य तत्थ्य छानबीनका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको बताउदै मृतकका परिवारलाई प्रदेश सरकारले राहात ब्यबस्था गर्ने जनाएका छन्। तर मुख्यमन्त्री शाहीले मृतकका परिवारलाई राहात कति दिने भन्ने कुरा उल्लेख गरेका छैनन्।
प्रदेश सभामा आफ्नो पच्चीस बुँदे सम्बोधन गर्दै मुख्य मन्त्री शाहीले अहिलेको महामारीबाट बिश्व आक्रान्त्र परेको बेला कर्णाली प्रदेश पनि त्यसबाट अछुतो नरहेको बताए।
कोरोना संक्रमणसँग लड्न प्रदेश सरकारले ५० करोडको प्रदेश बिपद कोष स्थापना गरेर उक्त कोषमा आम नागरिक र कर्णालीका शुभेक्षककबाट एक करोड पचास लाख रकम सहयोग प्राप्त भएको बताउदै मुख्यमन्त्री शाहीले सोही कोषबाट स्थानीय तहहरुलाई क्वारेन्टिन ब्यबस्थापनाका लागि बिरेन्द्र नगरपालिकालाई ३० लाख, अन्य नगरपालिकालाई २० लाख, गाउँपालिकालाई १५ लाखका दरले १४ करोड २० लाख रुपियाँ पठाएको जानकारी गराउका थिए।
पछिल्लो समय भारतबाट ठुलो संख्यामा कर्णालीबासी आउन थालेपछि डोल्पा, मुगु र हुम्लाका नागरिकहरुका लागि सुर्खेतको खुल्लामंचमा क्वारेन्टिनको ब्यबस्था गरेर राखिएको बताए। कर्णाली प्रदेशमा हालसम्म ५३१ स्थानमा क्वारेन्टिन स्थापना गरेर १५ हजार १३५ वार्डहरु स्थापना गरिएको समेत मुख्यमन्त्री शाहीले सदनलाई जानकारी गराए।
त्यसैगरी ३९३ आइसोलेशन वार्ड, ४० वटा आइसूयु र १३ वटा भन्टिलेरको व्यबस्था गरि प्रयोगमा ल्याएका उनले बताए। जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतमा गरि हालसम्म पाँच हजार ९९७ जनाको पिसिआर परिक्षण र एक हजार ५८ जनाको आरडिटी परिक्षण गरेको जानकारी उनले दिए।
त्यसैगरी मुख्यमन्त्री शाहीले सदनलाई जानकारी गराएको विवरणबाटै कर्णालीमा टिकको अभाब भएको कुरा झल्किएको थियो।उनले प्रदेशका ७१८ वडा हरुबाट १९ जनाका दरले मात्र कोरोना संक्रमणको नमूना परीक्षण गरिएको जानकारी गराएका थिए।मुख्यमन्त्री रोजगार कार्यक्रमबाट कोरोना पिडितहरुलाई राहातको व्यवस्था गरिने पनि उनले उल्लेख गरेका छन्।
प्रतिक्रिया