पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

गलकोट । यहाँको दुई पर्यटकीय गन्तव्य जोड्न पदयात्रा सम्पन्न गरिएको छ । धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्राको आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिए । पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुङ्गासम्म पदयात्रा गरिएको हो ।
‘पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुङ्गामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन’, कँडेलले भने ‘गाजा दहलाई बेलढुङ्गासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो ।’ पदयात्रासँगै घोडाबाधे, बेलढुङ्गालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ । यो पदयात्राका क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा १ सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए ।
कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुङ्गा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवद्र्धनात्मक काम गरिरहेको बताउनुभयो । गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल गाजाको दह समद्री सतहबाट २ हजार ४ सय ८० मिटर उचाइमा छ भने काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा समद्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा छ ।गलकोट यहाँको दुई पर्यटकीय गन्तव्य जोड्न पदयात्रा सम्पन्न गरिएको छ ।
धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्राको आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुङ्गासम्म पदयात्रा गरिएको हो ।
‘पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुङ्गामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन’, कँडेलले भने ‘गाजा दहलाई बेलढुङ्गासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो ।’ पदयात्रासँगै घोडाबाधे, बेलढुङ्गालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ । यो पदयात्राका क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा १ सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए ।
कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुङ्गा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवद्र्धनात्मक काम गरिरहेको बताए । गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल गाजाको दह समद्री सतहबाट २ हजार ४ सय ८० मिटर उचाइमा छ भने काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा समद्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा छ ।
प्रतिक्रिया