बढ्दो तापक्रममा तेल कम्पनीहरु बाधक !

पेरिस । पेरिसस्थित इन्टरनेशनल एनर्जी एजेन्सी (आईईए) का प्रमुखले जीवाश्म इन्धनको उत्पादन बढाउने कम्पनीहरूले ग्लोबल वार्मिङको लक्ष्य हासिल गर्न बाधा पु¥याइरहेको बताएका छन् । आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भनेका छन् ,’यदि तिनीहरूले आफ्नो रणनीतिको एक भागका रूपमा तेल, ग्यास वा कोइलाको उत्पादन जथाभावी रूपमा वृद्धि गरिरहने हो भने उनिहरुले आफुले अपनाएको रणनीति तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस भन्दा कम राख्ने लक्ष्य हासिल हुन सक्दैन ।’
त्यसैले अब नयाँ ठाउँमा जमिनबाट इन्धन निकाल्न, ड्रिल गर्न वा खन्न बन्द गर्नुपर्नेछ । कुनै नयाँ ग्यास र तेल क्षेत्रहरूलाई अनुमति दिनु हुँदैन । यसबाहेक नयाँ कोइला खानी वा विद्यमान कोइला खानी विस्तारका लागि अनुमति दिनु हुँदैन । नयाँ प्रतिवेदनले यो दशकको अन्त्यसम्ममा नयाँ तेल क्षेत्रका लागि प्रत्येक वर्ष १८ अर्ब डलर लगानी हुन सक्ने बताएको छ । आईईएका प्रवक्ताले बताए अनुसार ती क्षेत्रहरू पहिले नै स्वीकृत भैसकेका छन् र उत्पादनका लागि तयार छन् ।
प्रतिवेदनले बाताबरण सम्बन्धि लक्ष्य पूरा गर्न नयाँ तेल र ग्यास क्षेत्रहरू विकास गर्नु ‘उचित’ नभएको निष्कर्ष निकालेको छ। सन् २०५० सम्ममा कोइला, तेल र ग्याँसको माग क्रमशः ९०, ८० र ७० प्रतिशतले घटाए मात्र शून्य उत्सर्जनको लक्ष्य हासिल गर्न सकिने आईईएको हालैको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले जलवायु कार्यकर्ता तथा लगानीकर्ताहरूले आफ्नो व्यवसायमा कार्बन उत्सर्जन घटाउन ऊर्जा कम्पनीहरूलाई दबाब दिनु पर्ने बताएको छ ।
बिरोलले भनेका छन्, ‘कम्पनीले प्रतिदिन ३० लाख ब्यारेल तेल उत्पादन बढाउने र आफु पेरिस सम्झौता अनुरूप चलिरहेको बताउनु ठिक कुरा होइन । यो पूर्ण विरोधाभास हो ।’ पृथ्वीको तापक्रम बढ्दै गएपछि जीवाश्म इन्धनको प्रयोगमा कटौतीको माग बढ्दै गएको छ । जलवायु परिवर्तन र प्रदूषित हावाका कारण हुने हानिप्रति चिन्तित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जीवाश्म इन्धनको अन्वेषण र उत्पादनलाई चरणबद्ध रूपमा बन्द गर्न कानुन बनाउन आह्वान गरेको छ । सन् २०२१ मा डब्ल्यूएचओले जलवायु परिवर्तन मानवजातिको लागि सबैभन्दा ठूलो स्वास्थ्य खतरा बताएको थियो ।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले विज्ञान क्षेत्रका विज्ञहरूद्वारा समीक्षा गरिएको आफ्नो ऐतिहासिक प्रतिवेदन प्रकाशित गरेको छ। यसले आगामी १२ वर्षमा कार्बन प्रदुषण कम्तीमा दुई तिहाइले घटाउँदा ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य हासिल गर्ने सम्भावना आधा घट्ने निष्कर्ष निकालेको छ भने सन् २०१९ को तुलनामा २०४० सम्ममा कार्बन प्रदुषण ८० प्रतिशतले घटाउनुपर्नेछ ।
आईईए एक विश्वव्यापी प्राधिकरण हो जसले ऊर्जा डाटा सङ्कलन तथा विश्लेषण गर्दछ । यसले यो मुद्दामा विश्वका सरकार अनि कम्पनीहरूको कुरा सुन्छ र निष्कर्ष निकाल्छ। विश्व नेताहरूले शताब्दीको अन्त्यसम्ममा ग्लोबल वार्मिङलाई पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएका छन् , तर वर्तमान नीति तथा व्यबहारले यो लक्ष्य हासिल हुनसक्ने देखिँदैन किनभने केही जीवाश्म इन्धन कम्पनीले आफ्नो उत्पादन बढाउने योजना बनाएका छन् । आईईएको प्रमुख विश्व ऊर्जा आउटलुक रिपोर्ट १९९८ देखि वार्षिक रूपमा प्रकाशित गरिदै आएको छ ।
प्रतिक्रिया