संवैधानिक परिषद बैठक निष्कर्षविहीन

काठमाडौं । संवैधानिक परिषदको बैठक निष्कर्षविहीन टुङिगएको छ ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठक निष्कर्षविहीन टुङिगएको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भयो तर कुनै निर्णय भएन’
चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।
यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।
प्रतिक्रिया