प्रभुु बैंकको १६ प्रतिसत लाभांश स्वीकृत
नेपालखोज
२०७६ कार्तिक १४ गते १२:३२
१४ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभुु बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले प्रभुुलाई बिद्यमान चुक्ता पुंजी आठ अर्ब ८९ करोड २६ लाख ७४ हजार सात सय छ रुपैयाँ मध्येबाट १६ प्रतिसतले हुुने एक अर्ब ४२ करोड २८ लाख २७ हजार नौ सय ५३ रुपैयाँ बोनस सेयर बितरण गर्न अनुमती दिएको हो ।
यसैगरी उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शुन्य दसमलव ८४ प्रतिसतले हुुने सात करोड ४८ लाख ८५ हजार आठ सय ८२ रुपैयाँ बराबरको नगद लाभांस बितरण गर्नको लागि स्वीकृती दिएको हो । राष्ट्र बैंकद्धारा स्वीकृत लाभांस बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया