मंगलबार, जेठ २८, २०८२

उपनिर्वाचन : बारा क्षेत्र-२ मा गठबन्धनकाे ‘बृहत आमसभा’ हुँदै

नेपालखोज २०८० वैशाख ७ गते ९:००

काठमाडाैं । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज ५ दलीय सत्ता गठबन्धनले ‘बृहत आमसभा’ हुँदै छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।

उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर महागढीमाई पुग्दैछन् ।

बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ हाे ।

प्रतिक्रिया