‘प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्छ’
नेपालखोज
२०८० वैशाख ७ गते १७:३०

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन् ।
वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि बिहीबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकिनसकिएको बताइन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयबारे मन्त्रालयहरुले प्राथमिकताका आधारमा सुझाब दिने उनको भनाइ छ ।
प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुरा प्राथमिकतामा पर्ने पनि उनले जानकरी दिइन् ।
सम्बन्धित
प्रतिक्रिया