सोमबार, जेठ २७, २०८२

 मौन अवधि सुरु, के गर्न पाइँदैन ? 

नेपालखोज २०८० वैशाख ८ गते ७:५३

काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार निषेध गरेको छ । मौन अवधि लागु भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।

प्रतिक्रिया