१३ औं सागका पदक विजेता तीन पाकस्तिानी खेलाडी डोपिङमा
काठमाडौँ । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीले डोपिङ गरेको खुलासा भएको छ ।
स्वर्ण पदक विजेतासहित एथलेटिक्सका तीन जना खेलाडीले अवैधानिक शक्तिवद्र्धक पद्धार्थ प्रयोग गरेको पाकिस्तानको एथ्लेटिक्स संघले जनाएको छ ।
संघका अनुसार पुरुष चार सय मिटर हर्डल्सका स्वर्ण पदक विजेता मेहबुब अलि, एक सय १० मिटर हर्डल्सका एम इनाम र एक सय मिटर दौडका कास्य पदक विजेता समिउल्लाहको डोपिङ पोजिटिभ देखिएको छ ।
प्रारम्भिक परीक्षण पोजिटिभ देखिएका उनीहरुको दोस्रो चरणको परीक्षणमा पनि डोपिङ प्रमाणित भएमा पाकिस्तानले ६ वटा पदक गुमाउनेछ ।
रिले दौडमा पनि यी तीन खेलाडीले सहभागिता जनाएका थिए । एथलेटिक्समा पाकिस्तानले पाँच स्वर्ण, दुई रजत र ६ कास्य गरी कुल १३ पदक जितेको थियो ।
डोपिङको आधिकारिक घोषणा भने एन्टि डोपिङ सम्बन्धि अन्तराष्ट्रिय निकाय ‘वाडा’ले गर्नेछ ।
प्रतिक्रिया