आइतबार, असार २२, २०८२

कोरोना कालमा ६.७ करोड बालबालिकाले खोप पाएनन्

नेपालखोज २०८० वैशाख ८ गते १४:१२

युनिसेफको पछिल्लो प्रतिवेदन द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन – २०२३ अनुसार कोविड-१९ महामारीले बाल्यकालमा दिईने नियमित खोपहरूप्रति जनमानसको धारणामा उदासिनता सृजना गरेको देखिएको छ ।

प्रतिवेदनमा भनिएको छ – करिब ६.७ करोड बालबालिका एक वा धेरै सम्भावित जीवन रक्षक खोपहरुबाट वञ्चित भए । ‘यसले बाल्यकालमा दिनुपर्ने नियमित खोपहरूमा एक दशक भन्दा बढी समय देखि गरिएको मेहनत पनि खेर गएको छ,’ रिपोर्टले भनेको छ ।

प्रतिवेदन अनुसार तथ्याङ्कहरुले राजनीतिक ध्रुवीकरण, सरकारहरूप्रतिको घट्दो विश्वास र गलत सूचनाको बीचमा भ्याक्सिन प्रतिको बढ्दो शन्देहको चिन्ताजनक प्रवृत्तिलाई संकेत गर्दछन ।

पुरा पुस्तामै सबैभन्दा ठूलो गिरावट

कोभिड – १९ का अवरोधहरू बिच के देखियो भने ६७ मिलियन बालबालिकाहरू कम्तिमा एउटा खोपबाट बन्चित भए । प्रतिवेदन भन्छ – कोरोनाको प्रकोप पछि खोपको गति बढाउने प्रयासहरू पनि असफल भैरहेका छन्। दशकौंको मेहनतपछि खोपमा प्रगति हासिल भएको थियो तर अहिले कोरोनाका कारण त्यसमा गिरावट आएको मात्र होईन यसलाई पुनः ट्रयाकमा ल्याउनु चुनौतीपूर्ण कार्य भएको छ ।

एक विज्ञप्तिमा, संयुक्त राष्ट्र बाल कोषका कार्यकारी निर्देशक क्याथरिन रसेलले भनेका छन, ‘नियमित खोपहरूमा जुन विश्वास सृजना भएको थियो त्यसलाई महामारीको शिकार हुन दिन सकिँदैन अन्यथा दादुरा, डिप्थेरिया वा अन्य रोकथाम गर्न सकिने रोगबाट बच्न सकिने बालमृत्युको अर्को लहर आउन सक्छ ।’

प्रतिवेदनमा सर्वेक्षण गरिएका ५५ मध्ये ५२ देशमा भ्याक्सिनप्रतिको विश्वासमा कमी आएकोमा पनि चिन्ता व्यक्त गरिएको छ । खोपहरू बालबालिकाको जीवन बचाउने आधार हुन् प्रतिवेदनमा भनिएको छ – महामारी समाप्त भएपछि पनि आत्मविश्वास घट्ने प्रवृत्ति कायम छ कि छैन भनेर हेर्न थप विश्लेषण आवश्यक हुनेछ। रिपोर्ट अनुसार खोपका लागि समग्र समर्थन अपेक्षात्मक रूपमा बलियो छ ।

५५ देशका ८० प्रतिशत भन्दा बढी उत्तरदाताले यस्ता जीवन रक्षक खोपला बालबालिकाका लागि महत्त्वपूर्ण मान्छन्,” सर्वेक्षणले भनेको छ । खोप प्रतिको विश्वास विश्वव्यापी रूपमा भिन्न- भिन्न छ । भारत, चीन र मेक्सिको जस्ता देशले खोप प्रतिको विश्वासमा उल्लेखनीय गिरावट आएको देखाउँदैनन्।

यसको विपरित दक्षिण कोरिया जस्ता देशले खोपहरू प्रतिको विश्वासमा ४४ प्रतिशत सम्मको गिरावट देखाएका छन भने घाना, सेनेगल र जापानले एक तिहाइ भन्दा बढीको गिरावट देखाएका छन । -रोयटर्स/एएफपी

प्रतिक्रिया