तनहुँ-१ मा १३.६ प्रतिशत मत खस्यो

तनहुँ । तनहुँ १ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको छ । तनहुँ जिल्ला निर्वाचन कार्यालयका अनुसार उत्साहपूर्वक मतदान भइरहेको छ ।
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताएका छन् । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको उनले बताए।
त्यस्तै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी चार सय ५० र नेपाली सेना पाँच सय गरी करिब दुई हजार पाँच सय सुरक्षाकर्मी खटाइएको छ ।
उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहेका छन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।
निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित नौ दलका प्रतिनिधि प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् ।
प्रतिक्रिया