राष्ट्रियसभा बैठक वैशाख १३ मा
नेपालखोज
२०८० वैशाख १० गते १४:३३

काठमाडौं । राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।
वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित भएकाे बैठक पुन: वैशाख १३ गतेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए ।
यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया