सोमबार, जेठ २७, २०८२

सहमतिपछि कमलकुसुमको अवरुद्ध मतदान सुचारु

नेपालखोज २०८० वैशाख १० गते १५:४१

काठमाडौं । दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रको मतदान प्रक्रिया सुचारु भएको छ ।

सर्वदलीय बैठकमा ४ बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो ।

अहिले सो मतदान केन्द्र परपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएको थियो ।

दिउँसो ३ बजेसम्म चितवनमा ५१ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया