सोमबार, जेठ २७, २०८२

चितवन-२ : मंसिरमा भन्दा कम मत खस्यो

नेपालखोज २०८० वैशाख १० गते १९:०२

काठमाडाैं । आज आइतबार उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा गत मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ ।

त्यहाँ गत मंसिरको चुनावमा ७२ प्रतिशत मतदान भएकोमा यसपालि ६२ प्रतिशतमात्र खसेको छ । यसैगरी तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको छ । मंसिरमा तनहुँ-१ मा ५३ प्रतिशत र बारा-२ मा  ६४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया